युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट

युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन।

एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न नसकेको जनाएका छन् ।

यसैबीच, रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेदिन्स्किीले रुस र युक्रेनका बीचमा प्रायः दिनहुँ वार्ता भइरहेको जानकारी दिनुभएको छ ।रुसी राष्टपति भ्लादिमिर पुटिनका निकटस्थ समेत मानिनुहुने उहाँले सो जानकारी दिनुभएको हो ।

उहाँले रुस र युक्रेनका द्धिपक्षीय वार्ता टोलीका तर्फबाट दिनहुँजसो वार्ता भइरहेको बताउँदै तर ठोस निष्कर्ष भने ननिस्किएको जानकारी दिनुभयो ।उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ– हामी दिनहुँजसो वार्ता गरिरहेका छौँ, हामीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको एजेण्डाअनुसार वार्ता गरिरहेका छौँ ।

युक्रेनमा करिब तीन हप्ता अघिदेखि रुसले आक्रमण गरिरहेको छ । रुसले उसको शब्दमा युक्रेनमा विशेष सैनिक कारबाही गरिरहेको छ । जसका कारण यहाँ कैयौँ नागरिकको ज्यान गएको छ भने युक्रेनका संरचनाहरु पनि ध्वस्त भइरहेका छन् । तर वार्ताबाट कुनै निकास भने निस्किएको छैन ।

रुस युक्रेन द्धन्द्धबाट यहाँको जनजीवन अस्तव्यस्त भएको छ । युक्रेनमा रहेका आफ्ना नागरिकलाई प्राय सबै देशहरुले फिर्ता लगिसकेको जनाएका छन् । रुसले युक्रेनमाथिको हमला अझै नरोकेकाले यहाँका नागरिकले दिन प्रतिदिन असुरक्षित महसुस गरिरहेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.