राप्रपा नेपाललाई चुनाव चिन्ह ‘तीर’

काठमाडौं– राप्रपा नेपाललाई निर्वाचन आयोगले ‘तीर’ चिन्ह प्रदान गरेको छ ।

पार्टीको पूरानै निर्वाचन चिन्ह ‘गाई’ प्राप्त गर्नका लागि हाम्रो पार्टीले निर्वाचन आयोगको निर्णय विरुद्ध कानुनी प्रक्रियामा जाने विकल्पलाई खुला राख्दै पार्टीले स्थानीय तहको निर्वाचन नजिकिएको बाध्यात्मक परिस्थितिलाई ध्यानमा राखेर हाललाई ‘तीर’ निर्वाचन चिन्हलाई स्वीकारेको जनाएको छ ।

राप्रपा नेपालका देशभरीका संगठनहरुलाई अर्को व्यवस्था नहुञ्जेलसम्म ‘तीर’ चुनाव चिन्हलाई पार्टीका प्रचार प्रसार सामग्रीहरुमा प्रयोग गर्न तथा पार्टीको झण्डामा रहेको पहे‘लो रङको पृष्ठभूमिको मध्यभागमा रहने गरी कालो रङमा ‘तीर’ चिन्ह प्रयोग गर्न अपिल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.