महालक्ष्मी नगरपालिकाद्वारा एकीकृत नगर सूचना प्रणाली र विद्युतीय घर नक्सा प्रणाली सुरु

ललितपुर- महालक्ष्मी नगरपालिका, ललितपुरले एकीकृत नगर सूचना प्रणाली र विद्युतीय घर नक्सा प्रणाली सुरु गरेको छ । दुवै प्रणालीको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले शुभारम्भ गर्नुभयो ।

महालक्ष्मी नगरपालिकाले बिल एण्ड मेलिन्डा गेट्स फाउण्डेसनको आर्थिक सहयोग एवम् वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) तथा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा सन् २०१९ देखि “नेपालमा दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी मापदण्डको नमूना कार्यान्वयन” परियोजना सञ्चालन हुँदै आएको छ ।

सोही परियोजना अन्तर्गत सरसफाइ लगायतका नगरपालिकाको अन्य तथ्याङ्क एवम् सूचनालाई सुदृढ र प्रभावकारी बनाउन एकीकृत नगर सूचना प्रणाली निर्माण गरेका हो । उक्त प्रणालीका साथै नगर क्षेत्रभित्र नव निर्माण गरिने भवनहरूको नक्सा पास प्रकृयालाई सूचना प्रविधिको प्रयोग गरी थप व्यवस्थित गर्न विद्युतीय घर-नक्सा पास प्रणाली सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

शुभारम्भ कार्यक्रममा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणा, महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवाली, वडाध्यक्षहरुलगायतको उपस्थिति थियो ।

कार्यक्रममा नगर प्रमुख रामेश्वर श्रेष्ठले सूचना प्रविधिको प्रयोग मार्फत नगरपालिकाबाट प्रदान गरिने सेवालाई थप सरल, सहज र व्यवस्थित गर्ने नगरपालिकाको नीति अनुरूप उक्त प्रणालीहरूको विकास गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.