‘कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार नेपाललाई

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा स्थापना गरिएको ‘कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिने भएको छ ।

रिपोटर्स क्लब नेपालले स्थापना गरेको उक्त पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार नेपाललाई प्रदान गर्न लागिएको क्लबका अध्यक्ष ऋषि धमलाले जानकारी दिनुभयो ।

रु एक लाख राशिको उक्त पुरस्कार क्लबले आफ्नो २४औँ स्थापना दिवसका अवसरमा यही चैत १७ गते प्रदान गर्ने छ । क्लबले उक्त पुरस्कार यसै वर्ष स्थापना गरेको हो ।

वरिष्ठ पत्रकार नेपालले नेपाली सञ्चार क्षेत्र र लोकतान्त्रिक आन्दोलनमा अग्रपङ्क्तिमा रहेर भू्मिका निर्वाह गरेबापत पुरस्कार प्रदान गर्न लागिएको क्बलले जनाएको छ ।

पत्रकार नेपालले पूर्वप्रधानमन्त्री भट्टराईको प्रेस सल्लाहकारका रुपमा समेत काम गर्नुभएको थियो । पत्रकार नेपालले मुलुकका मूलधारका मिडियामा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसक्नुभएको छ । उहाँ नेपाल पत्रकार महासङ्घको पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.