नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक सानेपामा

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज पनि जारी छ।

गत शुक्रबारदेखि जारी केन्द्रीय समितिको बैठक आज बिहान साँढे ११ बजेदेखि शुरु भएको नेपाली कांग्रेसले जनाएको छ ।

बैठकमा कांग्रेसले शुरु गरेको कार्यक्रम ‘घर घर जाउँ, कांग्रेस जिताउँ’ भन्ने अभियानको समिक्षा, चुनावी तालमेल , टिकट वितरणको लागि केन्द्रीय संसदीय समितिको गठन लगायत विषयमा छलफल भइरहेको काँग्रेसका नेताहरुले जनाएका छन ।

खासगरी, हिजोसम्म आफ्ना धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरुले गठबन्धन गरेर पार्टीले लाभ लिनसक्ने सुझाव दिनुभएको थियो ।

काँग्रेस बैठक आज सकिने गरी छलफल भइरहेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.