प्रधानमन्त्री देउवाको तीन दिने भारत भ्रमण तय

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको भ्रमण गर्नुहुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही चैत १८ गते प्रधानमन्त्री देउवा तीन दिने भारत भ्रमणमा जान लाग्नुभएको हो ।

भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीहरु रहनुहुनेछ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैंकैया नायडूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार चैत १९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।

साथै, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ ।

त्यसैगरी, प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, प्रधानमन्त्री देउवाले भारत भ्रमणको अवसरमा नयाँ दिल्लीमा व्यापारीको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री चैत २० गते काठमाडौं फर्कनुअघि वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.