एआइजीमा बढुवाविरुद्धको रिट आज पनि ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं- सर्वोच्च अदालतले नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्धको रिट ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ ।

यसअघि आइतबार न्यायाधीश रेग्मीको एकल इजलासले हेर्न नमिल्नेमा राखेको उक्त रिट आज पनि रेग्मीकै इजलासमा सुनुवाइ तोकिएको थियो । तर आज पनि न्यायाधीश रेग्मीको इजलासले उक्त मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ ।

एआइजीमा बढुवाविरुद्ध डीआइजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । यसविरुद्ध कार्कीले चैत १७ गते तथा अर्याल र कार्कीले चैत्र २० गते सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।

चैत्र १७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका तीनजना डीआइजी धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सोही विषयलाई लिएर डीआइजीहरु कार्कीसहित तीन जनाले सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो । त्यस्तै, यसअघि बढुवाविरुद्ध लोकसेवा आयोगमा समेत उजुरी परेको थियो । आयोगले एआइजी बढुवालाई सदर गरेपछि मन्त्रिपरिषद्ले बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.