निर्वाचन आचारसंहिता प्रतिबद्धतापत्रमा दलहरुको हस्ताक्षर

काठमाडौं– स्थानीय तह निर्वाचनका लागि आचासंहिता कार्यान्वयनमा प्रतिबद्ध रहेको भन्दै दलका नेताहरूले आचारसंहिता प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।

मंगलबार निर्वाचन आयोगमा भएको छलफलपछि दलका नेताहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् । छलफलमा नबोलाई हस्ताक्षर गर्न मात्रै बोलाइएको भन्दै साना दलहरूले विरोध जनाएका थिए ।

साना दलहरुले आयोगले आफ्ना गुनासो नसुनेको भन्दै आपत्ति जनाएका थिए । कार्यक्रममा केहीबेर प्रमुख निर्वाचन आयुक्तसँग दलका नेताहरुको सवाल जवाफ भएको थियो ।

स्थानीय निर्वाचनमा ७९ दलले भाग लिँदै छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.