भगिनी सम्बन्धमा जोडिए दुई महालक्ष्मी नगर

काठमाडौं– प्रदेश नम्बर १ को धनकुटास्थित महालक्ष्मी नगरपालिका र बागमती प्रदेशको ललितपुरस्थित महालक्ष्मी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुवै नगरपालिकाले पहिलोपटक भगिनी सम्बन्ध स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारी पत्रमा दुई नगरपालिकाबीच पर्यटन प्रवर्द्धन गर्न अनुकूल वातावरण सिर्जना गर्ने, समाजिक, सांस्कृतिक, आर्थिक, व्यापारिक, पूर्वाधार विकास र संस्थागत विकासमा अन्तर्सम्बन्ध कायम गर्ने, एकआपसमा असल अभ्यासहरू आदानप्रदान गर्ने जस्ता विषयवस्तुहरू उल्लेख गरिएको छ ।

महालक्ष्मी नगरपालिका, ललितपुरको तर्फबाट नगर प्रमुख रामेश्वर श्रेष्ठ, उपप्रमुख निर्मला थापा र प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । त्यसैगरी, महालक्ष्मी नगरपालिका, धनकुटाको तर्फबाट नगर प्रमुख पर्शुराम नेपाल, नगर उपप्रमुख मञ्जु अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठले हस्ताक्षर गर्नुभयो । कार्यक्रममा दुवै नगरपालिकाका जनप्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रमाम नगरप्रमुखद्वय श्रेष्ठ र नेपालले भगिनी सम्बन्ध सम्झौताले दुवै नगरपालिकाको पर्यटन प्रवर्द्धन, सामाजिक, सांस्कृतिक, व्यापारिक, आर्थिक र संस्थागत विकास लगायतका विषयहरूमा अन्तर्सम्बन्ध कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.