सत्ता साझेदार दलको संयुक्त अपिल : मतभेद पन्छाउँदै निर्वाचनमा एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं– सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी स्थानीय निर्वाचनमा तालमेल गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठकले स्थानीय निर्वाचनमा तालमेल गर्ने घोषणा गरेको हो ।

पाँच दलीय सत्ता साझेदार गठबन्धनले आपसी मतभेद पन्छाउँदै आसन्न स्थानीय तहको निर्वाचनमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गरेका छन् ।

गठबन्धनका शीर्ष नेताहरुले आज संयुक्त अपिल जारी गर्दै चुनावी तालमेल मिलाएर आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण नेताकार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

तालमेल घोषणासम्बन्धि अपिलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाका उाध्यक्ष दुर्गा पौडेलको हस्ताक्षर छ ।

स्थानीय तहको निर्वाचन एकै दिन आगामी वैशाख ३० गते हुँदैछ ।

पाँच दलले सबै आपसी मतभेदलाई पर पन्छाउँदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रणसमेत गरेका छन् । उनीहरुले देशैभर ठाउँ र अवस्था अुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका नेता कार्यकर्तालाई आहवान गरेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.