धादिङको महेश फाँटमा बन्यो सुविधासम्पन्न बृद्धाश्रम

धादिङ- अब बेसाहार र अपाङ्गता भएका बृद्धा–बृद्धहरुले आफ्नो दैनिक जीवन यापनका लागि कुनै समस्या भोग्नु नपर्ने भएको छ ।
धादिङको धुनीवेशी नगरपालिकाले त्यस्ता मानिसहरुका लागि राख्न संयुक्त रुपमा बृद्धबृद्धा विश्राम स्थल निर्माणगरेसँगै बृद्धा–बृद्धहरुले यो समस्याबाट मुक्त पाउने भएका हुन ।

यो बृद्धाश्रममा नगरपालिकाले जाहाँ खाने बस्ने सम्पुर्ण सुविधासहित निःशुल्क रुपमा स्वास्थ्य उपचारको ब्यवस्था समेत मिलाउने जनाएको छ । जस्ले गर्दा नगरपालिका क्षेत्र भित्र रहेको सम्पुर्ण बृद्ध–बृद्धाहरुको संरक्षण हुनुका साथै स्याहार सुसारमासमेत सहयोग पुग्ने विश्वास रहेको छ ।

धुनीवेशी नगरपालिकास्थित महेश फाँटमा बृद्धा–बृद्धहरुका लागि ब्यवस्थित बृद्धाश्रमको निर्माण स्थानीय तह आफैँले गरेको हो ।

सुविधा सम्पन्न अपाङ्ग मैत्री र औषधि उपचारको ब्यवस्थासहित बृद्ध–बृद्धाहरुलाई राख्नका लागि बृद्धा विश्रामस्थल निर्माण गरिएको हो । आश्रमको घर निर्माणको काम सम्पन्न भइसकेको छ भने अन्य भौतिक संरचना निर्माणको काम तिब्र गतिमा भइरहेको छ ।

आफ्नो स्थानीय तहमा दुःख भोग्दै आएका गरिव, विपन्न, असक्त बृद्धा–बृद्धहरुका साथै अपाङ्गता भएका मानिसहरुलाई सुविधा सम्पन्न तरिकाबाट राख्नका लागि स्थानीय तहले आश्रम निर्माण गरेको धुनीवेसी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।

सम्पुर्ण सुविधारसहित निःशुल्क रुपमा बृद्धा–बृद्धाहरुलाई सो आश्रममा राखिने छ । आश्रमको क्षमता करिव दुई सय जना बृद्ध–बृद्धाहरु राख सक्ने छ । उनीहरुका लागि दैनिक सामान्य स्वास्थ्य जाँच र साप्ताहिक रुपमा सम्पुर्ण शारिरिक अवस्थाको जाँच गरिने ब्यवस्था समेत मिलाइने नगरप्रमुखले बताउनुभयो ।

दुई वर्ष अघिदेखि निर्माण सुरु भएको सो आश्रम निर्माणमा हालसम्म दुई करोड साठी लाख खर्च भएको छ ।

सो स्थानमा बृद्ध–बृद्धाहरुका लागि बस्ने खाने सुविधासहित मनोरञ्जनका साथै धार्मीक दृष्टिले पनि तिर्थ स्थलहरु प्रतिबिम्वित सामानहरु स्थापना गरिनेछन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.