नेप्से परिसूचक निरन्तर ओरालो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ४१ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४१.७७ अङ्कले ओरालो लागेर दुई हजार ३४३.८७ अङ्कमा ओर्लिएको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.८२ अङ्कले ओरालो लागेर ४४४.१५ मा सीमित भएको छ । कूल २२९ कम्पनीको ३८ लाख ७६ हजार ३०२ कित्ता शेयर रु एक अर्ब ५० करोड ६९ लाख दुई हजार ९५६ मूल्यमा खरिद बिक्री भए ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब २४ अर्ब ८६ करोड ५५ लाख बराबर भएको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैंकिङ १६.५४, व्यापार ११.७९, होटल तथा पर्यटन ४९.७१, जलविद्युत् ६९.१, जलविद्युत् ८०.३, निर्जीवन बीमा ३४२.३७, उत्पादन ९३.४४, अन्य ५२.५१, लघुवित्त ३६.२२, जीवन बीमा २६३.९६, सामूहिक लगानी कोष ०.११ र लगानी १.५७ अङ्कले ओरालो लाग्यो ।

कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु चार करोड ९६ लाख २६ हजार ५५५ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु चार करोड ९२ लाख ३३ हजार ७६६, महालक्ष्मी विकास बैंक रु चार करोड ५० लाख ५२ हजार ८६२, नेपाल पूर्वाधार बैंक रु तीन करोड ७२ लाख ६ हजार ५०४ र सिद्धार्थ इन्स्योरेन्स रु तीन करोड ६८ लाख ३० हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार नेष्डो समृद्धि लघुवित्तको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । दिव्यश्वरी हाइड्रोपावर ७.९८, जाल्पा लघुवित्त ६.०९, सिटिजन म्युचुअल फण्ड १.९३ र कालिका लघुवित्तका लगानीकर्ताले १.३८ प्रतिशतले कमाए । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रकचर ८.३३, हिमालयन ऊर्जा विकास कम्पनी ७.५७, इमर्जिङ नेपाल ७.१०, ग्रीनलाइफ हाइड्रोपावर ६.०४ र युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ५.९५ प्रतिशतले गुमाए ।

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.