निलम्बित गभर्नर अधिकारीको रिटमा अल्पकालीन अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च आदालतले निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

मंगलबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले निलम्बित गभर्नर अधिकारीको रिटमा आल्पकालीन अन्तरिम आदेश दिएको हो। उक्त रिटमाथि न्यायाधीश फुयालले छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेशसमेत दिनुभएको छ।

२०७८ चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेसँगै गर्भनर अधिकारी स्वतः निलम्बनमा पर्नुभएको थियो।

अधिकारीले सोमबार सर्वोच्चमा दर्ता गर्नुभएको रिटमा निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै काममा फर्किन न अन्तरिम आदेशको माग गर्नुभएको थियो। अधिकारीले दायर गर्नुभएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.