उम्मेदवारी टुंगो लगाउँदै दलहरु

काठमाडौं– स्थानीय तह निर्वाचन अन्तर्गत पालिकाहरुको उम्मेदवारको मनोनयन पर्सी आइतबार हुँदैछ । त्यसका लागि राजनीतिक पार्टीहरु उम्मेदवार छनौटमा व्यस्त छन् ।

प्रमुख दलहरु उम्मेदवार गठबन्धनबाट गर्ने बिषयमा सहमत भइसकेकाले उम्मेदवारको अन्तिम किनारा लगाउन बैठक, भेटघाट र उच्चस्तरीय छलफल जारी छ।

उमेदवारको विषय टुङगो लागाउन सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । आजको वैठकमा महानगर र उपमहानगरपालिकाको उम्मेद्वार टुङ्गो लगाउने तयारी कांग्रेसको छ ।

नेकपा एमालेको सचिवालय बैठकले महानगर र उपमहानगरका उम्मेदवारको छनोट सुरु गरेको छ । एमालेले शनिबार महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाउँदैछ । पालिका र वडाको टिकट बाँड्ने जिम्मा प्रदेश र जिल्ला कमिटीलाई दिइसकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.