स्थानीय तह निर्वाचनः मनोनयनको पहिलो दिन जे देखियो…(फोटो फिचर)

काठमाडौं– देशभर आज स्थानीय तह निर्वाचन अन्तर्गत उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आज र भोलि देशका सबै स्थानीय तहमा उम्मेदवारले मनोनयन गर्ने कार्यसूची छ ।

७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ निर्वाचन अधिकृतको कार्यालयमा आज र भोलि दुई दिन स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम छ ।

पहिलो दिन प्रमुख दलले केही पालिकामा मात्रै मनोनयन दर्ता गरेका छन् । उम्मेदवारी टुंगो नलागेका कारण आज मनोनयन हुन सकेन ।

वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका आयोगले तय गरेको छ ।

वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.