हिमाली जिल्ला मनाङमा ५ पदमा एकल मनोनयन

मनाङ- स्थानीय तह निर्वाचनका लागि भएको मनोनयनका क्रममा हिमाल पारीको जिल्ला मनाङमा ५ पदमा एकल उम्मेदवारी परेको छ ।

आवश्यक पद संख्या जति मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध भए पनि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र घोषणा हुनेछ । जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका-३ को वडाध्यक्षमा कृष्ण लामा (स्वतन्त्र) वडाध्यक्षमा एकल उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै ङिस्याङ गाउँपालिका-९ को वडाध्यक्षमा च्योल्पा गुरुङ र ७ को वडाध्यक्षमा ओमबहादुर गुरुङको एकल उम्मेदवारी परेको छ ।

चामे गाउँपालिका-१ मा एमालेका खड्कजंग गुरुङ र २ मा कांग्रेसका मंगलदेव गुरुङको पनि वडाध्यक्षमै एकल उम्मेदवारी परेको निर्वाचन कार्यालय मनाङले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.