नेपालको हवाई सुरक्षा दरमा बृद्धि

काठमाडौँ- अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड बमोजिम नेपालको हवाई सुरक्षा दरमा वृद्धि भएको छ ।

नेपाल एयर सेफ्टी सम्परीक्षण टोलीको प्रारम्भिक नतिजा अनुसार विश्वको औसत परिपालना दरभन्दा ३ प्रतिशतले वृद्धि भएर कूल परिपालना दर ७०.१ प्रतिशत कायम गर्न सफल भएको छ ।

पछिल्लो नतिजाले नेपालको आकाश सुरक्षित रहेको र हवाई पूर्वाधारमा प्रगति गरेको पुष्टी भएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताउनुभयो ।

हवाइ सुरक्षाको अनुगमन र प्रत्याभूति गर्ने आइकाओको सूचीमा नेपालको स्थान माथि उक्लिएकाले युरोपेली सङ्घद्वारा जारी नकरात्मक सुरक्षा सूचीवाट नेपालको नाम हटाउन सहयोग पुग्ने अपेक्षा बढेको प्राधिकरणले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.