सत्तारुढ दलहरुबीचको सहमतिविपरीत दर्ता भएका मनोनयन फिर्ता हुन्छः गुरुङ

काठमाडौं– सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनका लागि आफूखुसी दिएको उम्मेदवारी हटाउन सबै ठाउँमा पहल भइरहेको बताउनुभएको छ ।

संवाद डबलीले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रमुख सचेतक गुरुङले सत्तारुढ दलहरुबीचको सहमतिविपरीत पनि स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन भएको बताउनुभयो ।

गुरुङले मनोनयनमा परेकाहरुबाट पनि सहमतिमै उम्मेदवार कायम गर्न सत्तारुढ दलहरुबीच सहमति भने नभएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.