गठबन्धन दलका उपमेयरका उम्मेदवार श्रेष्ठको उम्मेदवारी दर्ता प्रक्रियामा इन्ट्री भएन

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिकाको उपमेयरका उम्मेदवारको उम्मेदवारी खारेज भएको छ ।

गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रका दीर्घराज श्रेष्ठको उम्मेदवारी खारेजी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जनता समाजबादी पार्टीबाट केही महिना अगाडि मात्रै माओवादी प्रबेश गरि गठबन्धन दलबाट कमलामाई नगरपालिकाको उपमेयरको उम्मेदवार सिफारिस भई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका श्रेष्ठको उम्मेदवारी खारेज भएको हो । जनता समाजवादी पार्टीको समानुपातिक प्रणालीको बन्द सूचिको उम्मेदवारमा नाम कायम रहेकाले दर्ता प्रक्रियामा इन्ट्री हुन नसकेको मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले जानकारी दिनुभयो ।’

‘समानुपातिकको बन्द सूचिमा नाम रहेका उम्मेदवारले अहिलेको प्रणालीमा उम्मेदवारी दिन पाइँदैन, त्यसैले उहाँको अब इन्ट्री हुँदैन,’ मुख्य निर्वाचन अधिकृत सापकोटाले भन्नुयो, ‘अनलाइन इन्ट्री नभएकाले प्रक्रियामै जाँदैन हामीले यो कुरा उम्मेदवार स्वयमलाई जानकारी गराइसकेका छौं ।’

कमलामाई नगरपालिकामा २९४ उम्मेदवारको दर्ता आएकोमा गठबन्धनका उपमेयर श्रेष्ठ सहित १० जनाको रित नपुगेकाले इन्ट्री हुन नसकेको सापकोटोले जानकारी दिनुभयो ।

‘अनलाइन प्रणालीमा रितपुर्वक दर्ता नभएको अवस्थामा त्यो प्रक्रयामै जाँदैन,’ उहाँले भन्नुभयो, ‘२ सय ८४ वटा प्रक्रियामा जाने भयो यो अब केहि भएन स्वतः रद्ध हुने भयो ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.