जनतासँग गरेका प्रतिवद्धता पूरा गर्छुः सिर्जना सिंह

काठमाडौं– महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले जनतासँग गरेका प्रतिवद्धता पूरा गर्ने बताउनुभएको छ ।

मंगलबार आफ्नै निवास चाक्सीबारीमा आयोजित कार्यक्रममा सिंहले पार्टीले सार्वजनिक गरेको घोषणापत्र र आफुले सारेका योजनाहरुलाई पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले राजधानी काठमाडौंंलाई सबैको साझा सहर र सुरक्षित सहर बनाउने दावी गर्नुभयो । महिलाले राम्रोसँग घर चलाएसँगै काठमाडौं महानगरलाई सफा सुग्धर तवरले चलाएर देखाउने उहाको भनाई छ ।

त्यस्तै कांग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले महिला नेतृत्वबाट नै अब महानगरको मुहार फेर्न सकिने भन्दै सिर्जना सिंहलाई जिताउन आह्वान गर्नुभयो । उहाँले मुलुकको परिवर्तनमा महिलाहरुले धेरै योगदान गरेको भन्दै अब पदमा रहेर देशका सेवा गर्ने समय आएको धारणा राख्नुभयो ।

त्यस्तै काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले काठमाडौं महानगरमा विकासका धेरै काम अघि बढेको भन्दै यसलाई निरन्तरता दिन सिर्जना सिंहलाई विजयी गराउनुपर्ने बताउनुभयो । उहाँले काठमाडौंलाई साँस्कृतिक सहरको रुपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा अन्य महिला नेतृ, महिला समाजसेवी लगाएतले सिंहलाई शुभकामना दिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.