नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशत रहने प्रक्षेपण

काठमाडौं- अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमफले नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

आइएमएफका अनुसार एसियाका विकाससिल मुलुकमा औसत ५ दशमलव ४ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने छ । नेपालको आर्थिक बृद्धिदरलाई लिएर यसअघि विश्व बैंकले ३ दशमलव ७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको थियो ।

नेपालले चालु आर्थिक वर्षको बजेट मार्फत ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.