पाल्पा पूर्वखोलाका दुई महिला उम्मेदवार निर्विरोध निर्वाचित

पाल्पा- पाल्पामा दुई जना महिला उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचमा नेकपा एमालेको तर्फबाट सदस्य पदमा उम्मेदवारी दर्ता गरेका पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पाकी भिमीसरा आले र वडा नं. ५ बिरकोटबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी पार्वती हिताङ्ग निर्विरोध निर्वाचित हुनु भएको हो ।

पूर्वखोला गाउँपालिकाका निर्वाचन अधिकृत मधु अर्याल खनालले दिएको जानकारी अनुसार दुवैको एकल उम्मेदवारी परेका कारण उनीहरु निर्विरोध निर्वाचत भएका हुन् ।

यसैबीच निर्वाचन अधिकृतको कार्यालय पूर्वखोलाले दुवै जना उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । पूर्वखोलामा गाउँपालिकाको अध्यक्षमा ४ जना र उपाध्यक्षमा २ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

नेकपा एमालेबाट नुनबहादुर थापा, गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मिनप्रसाद गिरी, मंगोल नेशनल अर्गनाइजेशनका मोहन सिं सारु, जनता समाजवादी नेपालका विपिनकुमार सारुले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

उपाध्यक्षमा नेकपा एमालेबाट भागीरथी भट्टराई र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विष्णु कुमारी आचार्यले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय पूर्वखोलाले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.