स्थानीय तह निर्वाचन : उम्मेदवार विरुद्ध परेका उजुरीहरुको छानविन गर्दै आयोग

काठमाडौँ- स्थानीय तह निर्वाचनका लागि दर्ता भएको मनोनयन विरुद्ध परेका उजुरी उपर निर्वाचन आयोगले आजबाट छानविन शुरु गरेको छ ।

उजुरीमाथि आज र भोलि जाँचबुझ गरिने आयोगको भनाइ छ ।
स्थानीय तह निर्वाचन अन्तर्गत यही बैशाख ११ र १२ गते मनोनयन दर्ता भएको थियो भने १३ गते आयोगले उम्मेदवारविरुद्ध उजुरी आह्वान गरेको थियो ।

वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४९ हजार ५ सय ९३ मनोनयन दर्ता भएको छ । यस्तै पालिकाको प्रमुख पदमा तीन हजार ४ सय ७० र उपप्रमुख पदमा २ हजार १ सय ३१ जनाको मनोनयन दर्ता भएको छ । ७ सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७ सय ४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४ सय ८३ सदस्य गरी कूल ३५ हजार २ सय २१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.