आक्रामक बन्दै रुसः युक्रेनी शहरहरुमा मिसाइल आक्रमण

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले युक्रेनको भ्रमण गरिरहेका बेला रुसले युक्रेनी शहरहरुमा मिसाइल आक्रमण गरेको छ ।

युक्रेनी राजधानी किभबाट एक साताअघि नै पछि हटेको रुसी सेनाले पुनः राजधानी किभ सहितका शहरमा बमबारी गरेको हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेससँग पत्रकार सम्मेलन गरेको झण्डै एक घन्टापछि बमबारी शुरु भएको हो ।

रुसले युक्रेन माथि एकैपटक पाँचवटा मिसाइल आक्रमण गरेको जनाइएको छ । रुसको पछिल्लो आक्रमणले विश्वव्यापी संस्थाहरु प्रतिको रुसको दृष्टिकोष स्पष्ट भएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाइ छ ।

यसैबीच अमेरिकाले युद्धग्रस्त युक्रेनको सहयोगका लागि ३ करोड ३० लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.