बनेपा नगर प्रमुखले दिनुभयो राजीनामा, एमाले पनि त्यागेको घोषणा

काभ्रे– बनेपा नगरप्रमुख लक्ष्मी नरसिं बादेले पदबाट राजीनामा घोषणा गर्नुभएको छ ।

स्थानीय तहको निर्वाचनको टिकट वितरणमा असन्तुष्ट रहेका उहाँले शनिवार पत्रकार सम्मेलन गरेर राजीनामा दिने घोषणा गर्नुभएको हो । उहाँले एमालेको पार्टीको साधारण सदस्यता समेत त्याग गरेका छन् । उहाँले तत्काल कुनै पार्टीमा प्रवेश गर्ने योजना नभएको बताउनुभयो ।

एमाले काभ्रेका ईञ्चार्ज समेत रहनुभएको पोलिटब्यूरो सदस्य गोकूलप्रसाद बास्कोटाले आफूसँग सल्लाह समते नगरी अन्तिम समयमा धोका दिएको बादेले बताउनुभयो ।

नगर प्रमुखका लागि बादेसहित ९ जनाको नाम सिफारिस भएको थियो । एमालेले नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जितलाई नगरप्रमुख र उपप्रमुखमा अखिल नेपाल महिला संघ काभ्रेका अध्यक्ष विमला सापकोटा दाहाललाई उम्मेदवार बनाएको छ । टिकट पाउने रञ्जितले पनि आफूलाई धोका दिएको बादेले बताउनुभयो ।

पूर्व एसएसपी समेत रहेका बादे राप्रपाबाट एमाले प्रवेश गर्नुभएको थियो । एमाले बनेपा नगर कमिटीका पूर्व अध्यक्ष रहेका उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुख निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.