कांग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन गठबन्धन : नेता सिंह

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन वर्तमान गठबन्धन भएको बताउनुभएको छ ।

कागेश्वरी–मनोहरा नगरपालिकाको चुनावी सभालाई आज सम्बोधन गर्दै उहाँले झण्डै दुई तिहाई मत प्राप्त गरेको कम्युनिष्ट सरकारले संविधान मिच्न थालेपछि संविधानको रक्षाका लागि गठबन्धन सरकार निर्माण भएको बताउनुभयो । “कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने प्रमुख दायित्व कांग्रेसको हो, संविधानमा व्यवस्था गरिएका जनताको हकअधिकारलाई सुरक्षित गर्न वर्तमान गठबन्धन निर्माण भएको हो”, उहाँले भन्नुभयो ।

पार्टीका पूर्वमहामन्त्री सिंहले मुलुकको हरेक राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको बताउँदै कांग्रेसले नै देशको विकास गर्ने उल्लेख गर्नुभयो । संविधानले दिएको अधिकार प्रयोग गर्ने वातावरण कांग्रेसले निर्माण गर्ने उहाँको भनाइ छ ।

पूर्वउपप्रधानमन्त्री सिंहले सिंहदरबारको अधिकार स्थानीय तहमार्फत घरघरमा पुगेको भन्दै घरघरमा पुगेर जनताको सेवा बुझ्ने स्थानीय जनप्रतिनिधि स्थानीय सरकारले खोजेको बताउनुभयो । उहाँले घरघरमा पुगेर आफ्नो पक्षमा मत माग्नसमेत पार्टीका उम्मेदवारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.