दाङमा बाढीले बगाउँदा एक जनाको मृत्यु

दाङ- दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । बबई गाउँपालिका वडा नम्बर ४ हस्नापुरकी सन्ध्या परियारको हस्नापुर खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ ।

हिजो बेलुका परेको भारी पानीले हस्नापुर खोलामा ठूलो बाढी आएको थियो । घर फर्कने क्रममा खोला तर्दा परियारलाई बगाएको थियो ।

परियारलाई बाढीले बगाएको खबरपछि इलाका प्रहरी कार्यालय हापुरेबाट प्रहरी नायब निरीक्षक केशबराज रेग्मीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बगेको स्थानदेखि करिब एक सय५० मिटर दक्षिणबाट उनलाई उद्धार गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्याले जानकारी दिए ।

गम्भीर अवस्थामा रहेकी उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यही उनको मृत्यु भएको थियो । मृतकको शव शव गृहमा राखिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.