मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई अभिमुखिकरण

काभ्रे- स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते हुने निर्वाचनका लागि मतदानस्थलमा खटिने मदतान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

अभिमुखिकरण कार्यक्रममा सहभागि मतदाता अधिकृत र सहायक मतदाता अधिकृतहरुलाई मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले मतदान तथा मत गणना प्रक्रियाको बारेमा जानकारी गराउनुभएको थियो ।

त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निर्वाचन आचारसंहिता र सुरक्षा सम्बन्धी विषयमा सहजिकरण गर्नुभएको थियो । सो क्रममा जिल्ला निर्वाचन अधिकृत उमेश राईले निर्वाचनको अवस्था र प्रक्रियाको बारेमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुखहरुले निर्वाचन लक्षित सुरक्षा व्यवस्थाको अवस्था बारेमा जानकारी गराउनुभएको थियो ।

सो क्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले सहभागिहरुको उपस्थितिमा नमुना मतदान प्रदर्शन विधिबाट त्यसमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीले गर्नुपर्ने भूमिकाको बारेमा विस्तृत जानकारी गराउनुभएको थियो ।

जिल्ला निर्वाचन कार्यालय काभ्रेको आयोजनामा भएको पहिलो र दोस्रो चरणमा गरी मतदाता अधिकृत र सहायक मतदाता अधिकृत गरी ७६२ जनाको सहभागिता रहेको छ । जिल्लामा १८९ वटा मतदान स्थल र ३८१ वटा मतदान केन्द्रहरुबाट तीन लाख तीन हजार ५६० जनाले मतदान गर्दैछन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.