गठबन्धनको पक्षमा निर्वाचनको नतिजा आउँछ – प्रचण्ड

चितवन- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्षीय गठवन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको नतिजा आउने बताउनुभएको छ ।

सत्ता साझेदार गठबन्धनले आज यहाँ आयोजना गरेको जनसभालाई सम्बोधन गर्न आज चितवन आउनुभएका दाहालले भरतपुर बिमानस्थलमा गठवन्धन आफ्नो लाइनमा अघि वढेको बताउनुभएको हो ।

पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले उम्मेदवारी दिन जो कोहीलाई पनि स्वतन्त्र रहेको भन्दै फैसला जनताले गर्ने बताउनुभयो ।

गठवन्धन आफ्नो काममा एकताबद्ध भएर अघि वढेको भन्दै उहाँले गठवन्धनलाई निर्वाचन जित्न असहज छैन – भन्नुभयो ।

भरतपुरमा सत्ता गठवन्धनका तर्फबाट माओावदी केन्द्रकी केन्द्रीय सदस्य रेनु दाहाल प्रमुख पदको उम्मेदवार हुनुहुन्छ ।

उहाँ यसअघि पनि प्रमुख हुनुहुन्थ्यो । गठवन्धन मध्येको नेपाली काङ्ग्रेसले भरतपुरमा आफ्नो प्रमुख हुनुपर्ने दाबी गर्दै आएको थियो । उम्मेदवार काङ्ग्रेसको नभए पछि जिल्ला नेता जगन्नाथ पौडेल स्वतन्त्रबाट उम्मेदवार हुनुहुन्छ ।

असन्तुष्ट काङ्ग्रेसलाई सम्झाउन र चुनावी वातावरण वनाउन सत्ता पक्षीय गठवन्धनले जनसभाको आयोजना गरेको हो ।

सभालाई सम्बोधन गर्न नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल हिजै चितवन आइसक्नु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.