गठबन्धनका शीर्ष नेताहरु चुनावी सभामा भाग लिन अहिले भरतपुरमा

चितवन- सत्ता साझेदार दलहरुको गठबन्धनले आज चितवनको भरतपुरमा चुनावी सभाको आयोजना गरेको छ।

आमसभामा भाग लिन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अहिले कार्यक्रमस्थलमा पुग्नुभएको छ ।

प्रधानमन्त्री देउवा  हिजै चितवन पुग्नुभएको हो ।

यसैगरी नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आजै सो सभालाई सम्बोधन गर्न चितवन पुग्नुभएको हो ।

भरतपुरमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी नेतृ रेणु दाहाल महानगरपालिकाको मेयर पदमा उम्मेदवार हुनुहुन्छ । यसैगरी नेपाली काँग्रेसले उपमेयर पदमा उम्मेदवारी दिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.