दुर्घटनामा परेर घाइते भएका दुवै जनाको मृत्यु

दाङ- दाङमा भएको सवारी दुर्घटनामा परेर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । गढवामा स्कार्पियो र मोटरसाइकल एक आपसमा ठोक्किएर गम्भीर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

सोमबार दिउँसो साढे १ बजे लमहीदेखि गढवा जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च ००७७ नम्बरको स्कार्पियो र गढवाबाट लमहीतर्फ आउँदै गरेको रा ६ प ७३७९ को मोटरसाइकल गढवा गाउँपालिका वडा नम्बर ५ सिक्रहवामा एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर गढवा गाउँपालिका वडा नम्बर ६ आँटिपाकर निवासी २० वर्षिय अरुण चौधरी र सोही ठाउँ निवासी २३ वर्षिय सुरज चौधरीको मृत्यु भएको छ । घाइते दुबै जनालाइ लमहीमा प्राथमिक उपचार गरेर थप उपचारको लागि नेपालगन्ज लगिएको थियो । उनिहरु दुबैजना मोटरसाईकलमा सवार थिए ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.