लूनकरणदास-गङ्गादेवी चौधरी पुरस्कार प्रदान

काठमाडौं- साहित्य र संस्कृतिका क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आएका तीनजनालाई लूनकरणदास-गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले पुरस्कृत गरेको छ ।

प्राज्ञ एवं साहित्यकार उषा ठाकुरले हिजो आयोजित एक कार्यक्रममा तेजेश्वरबाबु ग्वङ्गलाई सरस्वती सम्मान, इतिहास–अनुसन्धानमा लेखन तथा प्राध्यापनद्वारा विशिष्ट योगदान पुर्‍याउँदै आएका प्रा.डा. त्रिरत्न मानन्धरलाई इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान तथा नेपाली वाद्यवादनका क्षेत्रमा अथक योगदान गरेका न्हुच्छेबहादुर डङ्गोललाई नारायण गोपाल सङ्गीत सम्मान प्रदान गर्नुभयो ।

उहाँहरू तीनैजनालाई जनही रु एक लाख ५१ हजार राशिको पुरस्कार साहित्यकला मन्दिरको वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.