शिक्षण संस्था, बैंक तथा वित्तीय संस्थाहरुमा पनि साताको दुई दिन बिदा

काठमाडौं- बैक तथा वित्तीय संस्थाहरु पनि आइतबार पनि विदा हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु, पूर्वाधार विकास बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेडलाई परिपत्र गर्दै १ जेठदेखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने जानकारी दिएको छ ।

राष्ट्र बैंकले सोमवारदेखि शुक्रबारसम्म कार्यालयसमय बिहान ९:३० बजेदेखि अपरान्ह ५:३० बजेसम्म हुने गरी तय गरेको छ । तर कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९:३० बजेदेखि अपरान्ह ४:३० बजेसम्म हुने राष्ट्र बैंकले बताएको छ ।

यस्तै सातामा दुई दिन सार्वजनिक बिदा गर्दा पाठ्यक्रम पूरा गर्न नसकिने निजी शिक्षण संस्था सञ्चालकहरूले राखेको चासो सम्बोधन गर्दै शिक्षा मन्त्रालयले हिउँदे र वर्षे बिदामा कटौती गरेको छ ।

मन्त्रालयले गरेको निर्णय पछि अब निजी शिक्षण संस्थाहरूमा पनि सातामा दुई दिन बिदा कार्यान्वयनमा आउने भएको छ । शिक्षा मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याउन हिउँदे र वर्षे बिदामा कटौती गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.