काभ्रेमा निर्वाचनको तयारी अन्तिम चरणमा

काभ्रे- भोलि शुक्रवार हुने स्थानीय तहको निर्वाचनको लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ ।

१३ वटा पालिका रहेको जिल्लामा निर्वाचनको लागि खटाईएको मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलगायतका कर्मचारी र सुरक्षाकर्मीहरु पुगेर काम सुरु गरिसकेको कार्यालयले जनाएको छ । जिल्लाका विभिन्न पालिकाको मतदान केन्द्रहरुमा खटिने कर्मचारी मतपत्र र निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पुगेर भोलि हुने मतदानका लागि नयाँ मतदाताहरुको मतदाता परिचयपत्र वितरणका साथै मतदाताहरुलाई व्यवस्थित गर्न लाईनमा राख्ने ठाउँको व्यवस्थापनमा खटिएको छ । भोलि हुने मतदानको दिन बर्षातकको सम्भाजवनालाई मध्यनजर गर्दै प्रत्येक मतदात केन्द्रमा त्रिपालको व्यवस्था गरिएको छ ।

त्यससँगै जिल्ला सुरक्षा समितिले जिल्लाका विभन्नि मतदानस्थलहरुमा पुगेर त्यहाँको आवश्यक तयारी सम्बन्धी जानकारी लिदै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाएको जनाएको छ । निर्वाचनका लागि जिल्लाका १ सय ८९ मतदान स्थलको ३ सय ८१ मतदान केन्द्रमा एक हजार ९०४ जना कर्मचारी खटिएका छन् । जिल्लामा ३ लाख ३ हजार ५६० मतदाता छन् ।

प्रमुख जिल्ला अधिकारी हुकमला पाण्डेले निर्वाचनको सुरक्षा मजबुद र प्रभावकारी बनाउन ९ सय ७९ नेपाली प्रहरी, ३ सय ९८ शसस्त्र प्रहरी, एक हजार ६११ म्यादी प्रहरी र नेपाली सेना परिचालित भएको जानकारी दिनुभयो । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरीका साथै म्यादी प्रहरी, दोस्रो घेरामा शसस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिनेछन् । नेपाल प्रहरीका नायव उपरीक्षक (डिएसपी) को नेतृत्वमा एक प्रहरी नायव उपरीक्षकले दुई पालिकाको नेतृत्व गरेर सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । सबै स्थानीय तहमा मोबाइल टिम पनि परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिले जिल्लाका १९ मतदान केन्द्रलाई अति संवेदनशील, ५० मतदान केन्द्रलाई संवेदनशील र २ सय १२ मतदान स्थललाई सामान्य मानेर सोही अनुसारको सुरक्षा व्यवस्थालाई कडा पारिइको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.