स्थानीय तह निर्वाचन: आज बिहान ७ बजेबाट मतदान हुँदै

काठमाडौं- आज स्थानीय तहको नयाँ नेतृत्व चयन गर्न मतदान हुँदैछ । देशभरका ७५३ वटा स्थानीय तहमा उम्मेदवार चयनका मतदानको सबै तयारी पुरा भएको छ ।

आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरुले आफ्नो मतदाता नामावली रहेको मतदान केन्द्रमा गई मतदान गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनकालागि आवश्यक सामग्रीसहित १ लाख नौ हजार ८८ कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयंसेवक आ-आफ्नो मतदान केन्द्रमा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनको लागि भौतिक पूर्वाधारसहित सुरक्षाको सम्पूर्ण प्रवन्ध मिलाइ सकिएको आयोगले जनाएको छ । निर्वाचनमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २ सय २१ पदमा प्रतिनिधि छनोट गर्न मतदान गर्दैछन् ।

कुल ३५ हजार २ सय २१ पदमध्ये ३४ हजार ८ सय ८१ पदका लागि १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहनुभएको छ । ३ सय ९० पदमा भने निर्विरोध निर्वाचित भइसकेको निर्वाचन आयोगले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.