प्रधानमन्त्री देउवाद्वारा निर्वाचनमा मताधिकार प्रयोग गर्न अपिल

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आज हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई हार्दिक अपिल गर्नुभएको छ ।

धनगढी उपमहानगरपालिका-४ स्थित आफ्नो निजी निवासबाट एक अपिल जारी गर्नुहुँदै प्रधानमन्त्री देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएको बताउनुभयो ।

“बालिग मताधिकार तपाईं हाम्रो संवैधानिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ हो, स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकासमा योगदान पुर्‍याउन म सबैमा आग्रह गर्दछु”, प्रधानमन्त्री देउवाले अपिलमा भन्नुभएको छ ।

प्रधानमन्त्री देउवाले डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–१ स्थित मतदान केन्द्रवाट मतदान गर्नु हुनेछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.