प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गर्नुभएको छ ।

उहाँले बिहान ७ बजे उक्त मतदानस्थलको ख केन्द्रमा मतदान गर्नुभएको हो । सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताउनुभयो । उहाँले आम मतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गर्नुभयो । मतदान गर्नुअघि उहाँले मतदानस्थलको अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.