मतदाता बोकेको जीप दुर्घटना : मृतकको सङ्ख्या १४ पुग्यो

वालिङ- स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटनामा पर्दा १४ जनाको मृत्यु भएको छ ।वालिङ १४ को सिख्रेबाट तिवारी पसलस्थित मतदान केन्द्रका लागि छुटेको जीप ग२च ३०२६ जीप अर्खलावासमा दुर्घटनामा परेको हो ।

जीप पर्वत जोड्ने माथिल्लो सडकबाट पाँच सय मिटर तल्लो सडकमा झरेको हो । गाडीमा सवारमध्ये १४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रबिन्द्र खनालले जानकारी दिनुभयो । १२ जना घाइतेलाई उपचारका लागि पोखरा लगिएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा वालिङ १४ पञ्चमुल अर्खलवासका ६३ बर्षीय माया पुन, ९ वर्षका प्रवीण कुँवर, २५ वर्षका जमुना कुँवर, ५० वर्षका कुदिप कुँवर, ५० वर्षका डेमकुमारी कुँवर, ८६ वर्षकी हरिकला कुँवर, ५० वर्षका टेककला कुँवर, २५ वर्षकी भिमकला कुँवर, ७० की मुवा कुँवर, ४३ वर्षीय पोटकुमारी कुँवर, ४३ कै जानुकार कुँवर, ४२ की ज्ञानदली कुँवर, ५० की मीना कुँवर, उमेर नखुलेकी फुलदेवी कुँवर रहेका छन् ।

यस्तै, ११ जना घाइतेहरुको पोखरामा र एक जना घाइतेको वालिङमा उपचार भइरहेको छ । जसमध्ये पोखरा पठाइएको सबैको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । उनीहरु तिवारी पसलस्थित मतदान केन्द्रमा मतदानका लागि जाँदै गरेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.