एमाले अध्यक्ष ओलीद्वारा मतदान

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा (क) बाट मतदान उहाँले गर्नुभएको हो । अध्यक्ष ओलीसँगै आउनुभएकी उहाँकी धर्मपत्नी राधिका शाक्यले पनि मतदान गर्नुभएको छ ।

मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लोकतान्त्रिक पद्दतिअनुसार देशभर छिटफुट घटनाबाहेक शान्तिपूर्णरुपमा उत्साहजनकरुपमा मतदाताले मतदान गरेको उहाँले बताउनुभयो । गठबन्धनकाविरुद्ध एक्लै उभिएको एमालेले गठबन्धनभन्दा बढी सिटमा विजय हासिल गर्ने अध्यक्ष ओलीको जिकिर थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.