नार्पाभूमिमा लामा र चामेमा घले विजयी

मनाङ- हिमाली जिल्ला मनाङको सदरमुकाम चामे र नार्पाभूमि गाउँपालिकाको मतगणना सकिएको छ । जिल्लाका चार पालिकामध्ये ती दुई गाउँपालिकाको मतगणना सकिएको हो ।

सडक सञ्जालमा नजोडिएको ती दुई गाउँपालिकाको गएराति १ बजे मतगणना सकिएको हो । नार्पाभूमिको अध्यक्षमा नेपाली कांग्रेसका कोञ्जो तेञ्जिङ लामा निर्वाचत हुनुभएको छ । उहाँले १५८ मत पाएर निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारले १११ मत पाउनुभएको थियो । नार्पाभूमिमा कूल ४४८ मतमध्ये ३०४ मत खसेको थियो ।

त्यस्तै चामे गाउँपालिकाको अध्यक्षमा नेकपा ९एमाले०का लोकेन्द्रबहादुर घले निर्वाचित हुनुभएको छ । उहाँले ३२० मतले अध्यक्षमा निर्वाचित हुनुभएको हो । कूल खसेको ६१० मतमध्ये घलेले ३२० मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७७ मत प्राप्त गर्नुभएको छ । चामेको उपाध्यक्षमा कांग्रेसका मिङ्मार ढोमा लामा निर्वाचित हुनुभएको छ ।

कम मतदाता भएको पालिकाको मतगणना सकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख पुष्पराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मनाङ ङिस्याङ र नासो गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले बताउनुभयो । मतगणना आज साँझसम्ममा सकिने उहाँले बताउनुभयो ।

जिल्ला ६२।६० प्रतिशत मत खसेको छ । कूल छ हजार ४९६ मतदाता रहेकामा चार हजार ७७ मत खसेको मुख्य निर्वाचन अधिकृत खनालले बताउनुभयो । सबैभन्दा धेरै तीन हजार ५३५ मतदाता रहेको मनाङ ङिस्याङमा एक हजार ६५७ मत अर्थात् ४६ दशमलव ८७ प्रतिशत मात्रै मत खसेको छ । नासो गाउँपालिकामा एक हजार ८०२ मतदाता रहेकामा एक हजार ४९६ मत अर्थात् ८३.०१ प्रतिशत मत खसेको छ ।

चामेमा ७११ मतदाता रहेकामा ६१० मत अर्थात् ८५.७९ प्रतिशत मत खसेको छ । नार्पाभूमिमा ४४८ मतदाता रहेकामा ३०४ मत अर्थात् ६७.८५ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.