मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेसका गुरुङ निर्वाचित

मनाङ— हिमाली जिल्ला मनाङको नासों गाउँपालिका अध्यक्षमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।

गुरुङले ८ सय २० मत पाउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनबहादुर गुरुङले ६ सय ४८ मत ल्याउनुभयो ।

गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बेदबहादुर गुरुङ निर्वाचित हुनुभयो । उहाँले ९ सय १३ मत पाउनुभयो एमाले समर्थनका स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले ४ सय ९६ मत पाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.