मुस्ताङको लोमन्थाङमा एमालेका गुरुङ विजयी

म्याग्दी— मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

अध्यक्षमा एमालेका टसी न्हुर्वु गुरुङ ६ सय ६८ मत ल्याएर विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टसी गुरुङले ५ सय १४ मत पाउनुभयो ।

उपाध्यक्षमा एमालेकै छ्युमी विष्ट गुरुङले ६ सय ३२ मत लिएर विजयी हुँदा कांग्रेसकी छिरिङ ढोका गुरुङले ५ सय २९ मत पाउनुभयो ।

लोमन्थाङ गाउँपालिकाको ५ वडामध्ये २, ३ र ४ मा एमाले र १ र ५ वडाध्यक्ष कांग्रेस विजयी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.