दैलेखको नौमूले गाउँपालिकामा माओवादी केन्द्रका सुवेदी विजयी

दैलेख- जिल्लाको नौमूले गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका छविराम सुवेदी विजयी हुनुभएको छ । उहाँ तीन हजार २०० मत ल्याएर अध्यक्षमा निर्वाचित हुनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढा मगरले दुई हजार ५४४ मत प्राप्त गर्नुभयो । बुढामगर निवर्तमान अध्यक्षसमेत हुनुहुन्छ । नेकपा एमालेका शशिराम विश्वकर्माले एक हजार ९२० मत ल्याउनुभयो ।

यसैगरी उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का गङ्गबहादुर शाही विजयी हुनुभयो । उहाँलाई दुई हजार ८३४ मत प्राप्त भयो । नेपाली कांग्रेसकी अमृता सिंहले दुई हजार ४०५ र एमालेकी गीता चन्दले एक हजार ९१८ मत प्राप्त गर्नुभयो । नौमूलेमा (नेकपा माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को चुनावी गठबन्धन थियो । आठ वडा रहेको नौमूले गाउँपालिकामा पाँचवटा नेपाली कांग्रेस, दुई वडा एकीकृत समाजवादी र एउटा मात्रै वडा नेकपा एमालेले जितेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.