पूर्वखोलामा एमाले विजयी

पाल्पा- पाल्पाको पूर्वखोला गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । सो पालिका अध्यक्षमा नुनबहादुर थापा, उपाध्यक्ष भागीरथी भट्टराईसहित सबै वडामा एमालेले विजयी हासिल गरेको छ ।

एमाले अध्यक्षका उम्मेदवार थापाले छ हजार ३९ मत ल्याई विजयी हुनुभएको छ भने उहाँको प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उम्मेदवार मीनप्रसाद गिरीले एक हजार २५७ मत पाउनुभएको छ । नवनिर्वाचित थापाले गिरीलाई चार हजार ७८२ मतान्तरले पराजित गुर्नभएको छ ।

उपाध्यक्षमा एमालेकै भागीरथी भट्टराईले पाँच हजार ८९४ मतसहित विजयी हासिल गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका उम्मेदवार विष्णुकुमारी आचार्यले दुई हजार २५० मत पाउनुभएको छ ।

पालिकाका छवटै वडा र सबै सदस्यमा पनि एमालेले जित हात पारेको छ । वडा नम्बर १ मा गिरिमान आले, २ मा निरबहादुर सारु, ३ मा कृष्णप्रसाद भट्टराई, ४ मा मेहरसिंह थापा, ५ मा विष्णुकुमार पल्ली र ६ मा धनबहादुर घर्ती विजयी भएका हुन् । यहाँ २०७४ को निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै सदस्य एमालेले जित हासिल गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.