आमाछोदिङ्मोमा कांग्रेसका तामाङ विजयी

रसुवा- गत शुक्रबार सम्पन्न स्थानीय तहअन्तर्गतको निर्वाचन मतपरिमाण घोषणा हुन थालेको छ । गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार कैसाङनुर्पु तामाङ दुई हजार ५६३ मत प्राप्त गरी विजय हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार पेम्वाछिरिङ तामाङले दुई हजार ८० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिनुभयो ।

यसैगरी उपाध्यक्ष पदमा एमालेका उम्मेदवार प्रतिमा तामाङले दुई हजार ५४५ मत प्राप्त गरी विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी देकी तमाङ दुई हजार अठासी मत प्राप्त गर्नुभएको थियो ।

यस्तै गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत रहेका छ वटा वडामध्ये १, ३, ५ र ६ को वडाध्यक्ष पदमा एमालेका क्रमशः उर्केनछिरिङ तामाङ, मिङ्मरछिरिङ तामाङ, दावामिङ्मर तामाङ र दावा सिदार तामाङ एवं वडा २ तथा ४ मा नेपाली कांग्रेसका कामीछिरिङ तामाङ र ढिण्डुप ज्याङ्वा तामाङ विजय हुनुभएको मुख्य निर्वाचन अधिकृत नेपालले जानकारी दिनुभयो ।

यसैगरी आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसको तर्फबाट हाकुका बुचुङ तामाङ एक हजार चार सय ३० मत प्राप्त गरी विजय प्राप्त गर्नुभएको छ । उहाँले दोस्रो कार्यकालको जनमत पाउनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका फुर्पुसिङ्गी तामाङले एक हजार तीन सय ४५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपाध्यक्षमा कांग्रेसकी चण्डिका तामाङ एक हजार तीन सय ८१ मतले विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी नविना तामाङले एक हजार दुई सय २३ मत प्राप्त गरेको निर्वाचन अधिकृत शान्तिप्रसाद लुइँटेलले बताउनुभयो । वडाध्यक्षको नामवली प्राप्त हुन बाँकी रहेको छ ।उत्तरगया, कालिका र नौकुण्डको मतगणना जारी रहेको र अन्तिम चरणमा पुग्न लागेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.