थाहा नगरपालिकाको मत परिणाम सार्वजनिक

मकवानपुर- थाहा नगरपालिकामा गठबन्धनका उमेदवारहरु मेयरमा माओवादी केन्द्रका विष्णु विष्ट र उपमेयरमा नेपाली कांग्रेसका भरत गोपाली विजयी हुनुभएको छ ।

कुल २३ हजार ५६ मत खसेकोमा मेयरमा विष्णु विष्टले ९ हजार ७ सय १९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युतम ढकालले ७ हजार ७ सय ७१ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उपमेयरमा कांग्रेसबाट भरत गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी एमालेकै कल्पना बलामीले ८ हजार ५ सय २२ मत प्राप्त गर्नुभयो ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनले नै जीत हासिल गरेको थियो । थाहा नगरपालिकामा माओवादीले ६ वटा, कांग्रेस र एमालेले ३-३ वडामा विजयी भएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.