बागलुङ नगरप्रमुखमा श्रेष्ठ र उपप्रमुखमा राजु खड्का विजयी

बागलुङ- स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको प्रमुखमा कांग्रेसका वसन्तकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले निर्वतमान नगरप्रमुख जनकराज पौडेललाई पाँच हजार ८२१ मतको फराकिलो अन्तरले पराजित गर्नुभयो ।

अन्तिम मत परिणामअनुसार श्रेष्ठले १४ हजार ६७८ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जनकराज पौडेलले आठ हजार ८२१ मत पाउनुभयो । गत स्थानीय निर्वाचनमा श्रेष्ठ पौडेलसँगै दुई हजार ३०० मतान्तरले पराजित हुनुभएको थियो । दोस्रोपटकको आमने–सामनेमा श्रेष्ठले बाजी मार्नुभयो ।

उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का राजु खड्का १२ हजार ४२७ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सञ्जय खड्काले आठ हजार ६४ मत पाउनुभयो । बागलुङ नगरका १४ वटा वडामध्ये ११ वटामा गठबन्धनको तर्फबाट विजयी हुनुभयो । वडा नं १, ३, ८, ९, ११, १३ र १४ वडा कांग्रेसले, वडा नं २ र १० नेकपा (एकीकृत समाजवादी)ले, वडा नं ४ माओवादी केन्द्रले र वडा नंं १२ मा स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभयो । वडा नं ५, ६ र ७ भने एमाले निर्वाचित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.