२०८ स्थानसहित कांग्रेस पहिलो, अग्रता पनि धेरै

काठमाडौं– स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले २०८ पालिकामा विजयी भएको छ ।

आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले २०८ पालिकामा जितेको छ ।

जारी मतगणनामा कांग्रेस ११४ पालिकामा अगाडि छ ।

नेकपा (एमाले)ले १२९ स्थानमा विजय हासिल गरेको छ । एमाले ६५ स्थानमा अगाडि छ ।

नेकपा (माओवादी केन्द्र) ९० स्थानमा विजयी भएको छ । माओवादी केन्द्र २८ स्थानमा अगाडि छ ।

जनता समाजवादी पार्टीले ८ र नेकपा (एकीकृत समाजवादी) ले ७ स्थानमा विजय हासिल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.