खानीखोलमा गठबन्धनबाट माओवादी केन्द्र विजयी

काभ्रे- खानीखोला गाउँपालिकामा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार इन्द्रबहादुर थिङ (छिन्ताङ) अध्यक्षमा र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दोर्जेमान जिम्बा उपाध्यक्षमा निर्वाचित भएका छन् ।

अध्यक्षका उम्मेदवार थिङले ४ हजार ४ सय ८५ मत र जिम्बाले ४ हजार ३ सय २८ मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार शेखर लामाले ३ हजार एक सय ५५ मत र उपाध्यक्षका उम्मेदवार रुकमेणी गुरुङले २ हजार ९ सय ८७ मत प्राप्त गरी पराजित भएका छन् । अध्यक्षमा एक हजार ३ सय ३० मत र उपाध्यक्षमा एक हजार ३ सय ४१ मतान्तरले थिङ र जिम्बा विजयी भएका छन् । उक्त गाउँपालिकामा माओवादी केन्द्रले ४ वडा, कांग्रेसले २ वडा र एमालेले एक वडा जितेका छन् ।

काभ्रेमा हालसम्म दुई वटा पालिकाको मतपरिणाम आएको छ । निर्वाचन अधिकृतको कार्यालय अनुसार भूम्लु गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट अध्यक्ष प्रेम बहादुर भुजेल (वृहत) र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्रमान लामा (दावा) निर्वाचित भएका छन् । भुजेलले ५ हजार ७ सय ९२ मत र लामाले ६ हजार ९८ मत ल्याएर विजयी भएका हुन् ।

उनीहरूका प्रत्यासी नेकपा (एमाले)का उम्मेद्वार अध्यक्षमा प्रेम लामाले ४ हजार ५ सय ६८ मत र उपाध्यक्षका उम्मेद्वार कल्पना श्रेस्ठले ४ हजार २९ मत प्राप्त गरेर पराजित भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.