मध्यबिन्दु नगरपालिकाको नतिजा सार्वजनिक

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा भीमलाल अधिकारीले १६ हजार २ सय १२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सूर्य गुरुङले १४ हजार ६ सय ४५ ल्याउनुभएको छ ।

त्यसैगरी उपमेयरमा निर्वाचित एमालेकी पूर्णकला चौधरीले १६ हजार १ सय ५ प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी टिका महतोले १४ हजार ५ सय ६४ मत ल्याउनुभएको छ ।

१५ वटा वडा रहेको मध्यबिन्दु नगरपालिकामा नेकपा एमालेले १० वटा वडा र नेपाली कांग्रेसले ५ वटा वडामा विजय हात पारेको छ । २०७४ सालको निर्वाचनमा मेयर र उपमेयरमा बहुमतसहित नेपाली कांग्रेस विजयी भएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.